ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, तीन जना घाइते
दाङ | साउन १५, २०८२
दाङ: दाङको तुलसीपुरमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ११ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ।
दुर्घटना पछि ट्याक्टरले च्यापेको अवस्थामा रहेका दुबै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।
गम्भीर घाइते उनीहरूलाई नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक मगरले बताए।
सोही दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीुपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

